सिन्धुलीमा प्रहरी र ने.क.पा.का युवाहरुबीच झडप, ब्यापक रुपमा प्रहरी परिचालन

सिन्धुलीमा प्रहरी र ने.क.पा.का युवाहरुबीच झडप, ब्यापक रुपमा प्रहरी परिचालन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ जेष्ठ २०७६
  • 13.1K
    Shares

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित युवाहरु र प्रहरीका बीच आज सिन्धुलीको दुधौलि नगरपालिकाको अरुदमारमा झडप भएको छ । सिन्धुलीको दक्षिणपुर्व र उदयपुरको कटारी बजार नजिकै अरुदमारमा युवा संघ नेपालको दोस्रो भेला चलिरहेका बेला प्रहरीले हस्तक्षेप् गरेपछि युवाहरु र प्रहरीका बीच झडप भएको हो ।

 प्राप्त समाचार अनुसार ने.क.पा.का केन्द्रीय सदस्य देवनारायण शाहको उपस्थितिमा जिल्ला भेला शुरु हुन लाग्दा प्रहरी सो कार्यक्रमस्थलमा पुगेपछि दुबैपक्षका बीच दोहोरो झडप भएको प्राप्त समाचारमा जनाइएको छ ।

कार्यक्रमस्थलमा उपस्थित करीब  दुईसय ६० जना भन्दा बढी युवाहरुले दोहोरो झडप गर्दै  प्रहरीको घेरा तोड्न सफल भएका थिए । अहिले  प्रहरीले गाउँ घेरा हाली सर्च अभियान चलाई स्थानीय सर्वसाधारणलाई भयवित बनाइरहेको ने.क.पा.का सिन्धुली जिल्ला सेक्रेटरी दिनेश शारुले बताएका छन् ।

प्रतिक्रिया