भारतमा लोकेन्द्रबहादुर चन्दको हत्या, हत्या गरेको आरोपमा जिपका सहचालक पक्राउ

भारतमा लोकेन्द्रबहादुर चन्दको हत्या, हत्या गरेको आरोपमा जिपका सहचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ जेष्ठ २०७६
  • 6.6K
    Shares

janasanchar , कुटपिट

भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा लोकेन्द्रबहादुर चन्दको हत्या भएको छ । बैतडीको तल्लोस्वराडका ४८ वर्षीय चन्दको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले दिएको जानकारी अनुसार, भारतमा मजदूरी गर्दै आएका चन्दको जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

चन्दको हत्या गरेको आरोपमा जीपका सहचालक पिथौरागढ निवासी नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ । मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको निजले प्रहरीको वयानमा बताएका थिए । घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दुरीमा पर्दछ ।

मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव ढिला गरी फेला परेकाले सडेको अवस्थामा रहेको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया