कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु ७० वर्षीय शिवप्रसाद ढकाल मन्त्री निवासबाटै बेपत्ता भएका छन् ।
उपचारका लागि काठमाडौं आएका वेला बल्खुस्थित मन्त्री निवासबाटै उनी बेपत्ता भएका हुन् ।
१५ जेठदेखि हराएको भनिएका ढकाल अझै सम्पर्कमा आएका छैनन् । ढकाल परिवारले बेपत्ता ढकालको खोजीका लागि काठमाडौं प्रहरी परिसर, टेकुमा निबेदन दिएका छन् । अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म खटिएको छ ।
तर, हालसम्म अत्तोपत्तो लागेको छैन । उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरी बताउँछ । बेपत्ता ढकाल मानसिक रोगी भएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच प्राप्त जानकारी अनुसार, मन्त्रीका दाजु हराएको दुई दिनपछि काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययरत अर्घाखाँचीका शिशिर खनाल हराएको भन्दै काठमाडौं प्रहरीमा उजुरी परेको छ ।
उनी पनि मानसिक रोगी भएको प्रहरीको भनाइ छ ।