सवारी दुर्घटनामा गाडी साहु बचाउन दश लाख लिएर नक्कली चालक खडा गर्ने प्रयास, प्रनि जिसी पक्राउ

सवारी दुर्घटनामा गाडी साहु बचाउन दश लाख लिएर नक्कली चालक खडा गर्ने प्रयास, प्रनि जिसी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ जेष्ठ २०७६
  • 8.6K
    Shares

लोकबहादुर जिसी

सवारी ज्यान मुद्दाका अभियुक्तलाई जोगाउन १० लाख घुस लिएको आरोपमा नवलपुर जिल्लाको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसी पक्राउ परेका छन् ।

व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीले गत बैशाख ११ गते गैंडाकोटमा ठक्कर दिंदा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको थियो । तर व्यवसायी बोदराज पाण्डेलाई जेल जानबाट बचाउन प्रनि जिसीले दश लाख रुपियाँ लिएर नक्कली चालक किसनु महतोलाई सवारी चालकका रुपमा खडा गरेका थिए । यससम्बन्धि उजुरी परेपछि अख्आतियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा नक्कली चालक खडा गरेको पुष्टि भएपछी प्रहरी निरीक्षक लोकबहादुर जिसी मंगलबार पक्राउ गरेको हो ।

प्रतिक्रिया