रसुवाको गुम्चेतमा जीप दुर्घटना : दुई महिलाको मृत्यु, तीन जना हराए, छ घाइते

रसुवाको गुम्चेतमा जीप दुर्घटना : दुई महिलाको मृत्यु, तीन जना हराए, छ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ जेष्ठ २०७६
  • 5.2K
    Shares

त्रिशूली–रसुवागढी सडकमार्ग अन्तरगतको रसुवाको गुम्चेतमा सोमवार बेलुकी बा १०च ५८२० नम्बरको टाटासुमो दुर्घटना दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना हराइरहेका छन्। त्यस दुर्घटनामा ६ जना घाइते भएका छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी देवर्सि सापकोटाका अनुसार, साँझ ६ बजे पोखराबाट नुवाकोटको विदुर हुँदै रसुवाको गोल्जुङ जाँदै गरेको जीप गुम्चेतमा सडकबाट एकसय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरूको नाम खुलेको छैन। तीन जना हराइरहेका छन्। मृतक, घाइते तथा हराइरहेकाको पहिचान खुलेको छैन।

घाइते ६ जनाको स्थानीयवासी, जलविद्युत आयोजनामा कार्यरत कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरि उपचारका लागि नुवाकोट जिल्ला अस्पताल पठाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए। ६ जना घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको

गत वर्षदेखि सन्चालित कच्ची सडकमा पहिलोपटक दुर्घटना भएको हो। गाडी रिजर्भ गरेर पोखरा पुगेर फर्कँदै गरेकाहरू दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया