अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि तत्कालिन नेकपा एमालेबाट निर्वाचित रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष गोपालबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्ष माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान कविराज श्रेष्ठ मिलेर दुवैलाई गएराति साढे एघार बजे कोठाबाट पक्राउ गरेर प्रहरीलाई बुझाएको प्राप्त समाचारमा जनाइएको छ । पक्राउ परेका दुवै महानगरिय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए ।
उनीहरु कोठा लिएर बसेको सुइको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान कविराज श्रेष्ठ उनीहरु बस्दै आएको कोठामा पुगेका थिए ।
बैदेशिक रोजगारीका क्रममा दुवईमा रहेका कुभिण्डेका कविराज श्रेष्ठले श्रीमतीको बारेमा गाईगुई सुनेपछी २० दिन अघि काठमाण्डौं फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजे । तर सम्पर्क भएन ।
उता केहि वर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजि गरिरहेकी थिईन । काठमाण्डौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । दुवै मिलेर खोज्न थाले ।
भक्तपुरको चारदोवाटोमा कोठा लिएर दुवै श्रीमान- श्रीमतीका रुपमा बसेको सुइँको पाएपछी कृष्णमायाले प्रहरीलाई खबर गरिन । प्रहरी कोठामा पुग्दा दुवै जना सगैं भेटिए । कोठाबाट कृष्णमाया र महिला श्रीमान श्रीमतीको रुपमा संगै बसेको फोटो पनि बरामद भएको छ ।
गोपाल र कृष्णमाया बेग्लाबेग्लै वस्ने भएपनि सम्बन्ध बिच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनन् । उनीहरु विरुद्ध सोमबार बहुबिवाह मुद्धा दायर गर्ने कृष्णमाया माझीले बताईन ।