विप्लव नेतृत्वको ने.क.पा.ले आज आव्हान गरेको बन्दको प्रभाव राजधानी लगायत देशभर देखिएको छ ।
बन्दको अघिल्लो दिन भएका बम बिस्फोटका कारण आम सर्वसाधरणमा त्रास पैदा भएपछि आज यसको प्रभाव देखिएको अनुमान गरिएको छ ।
सोमबार उपत्यकामा विशेषगरि यातायात र शैक्षिक संस्थामा यसको खास प्रभाव देखिएको छ । काठमाण्डौबाट देशभरका लागी छुट्ने लामो दुरीका सवारी साधन निक्कै कम मात्रै छुटेका छन भने उपत्यकाभित्र चल्ने सवारी साधन पनि सडकमा फाटफुट मात्रै देखिन्छन ।
विहानी सत्रमा चल्ने काठमाण्डौका शैक्षिक संस्थाहरुले आज बन्दको कारण देखाएर विद्यार्थीलाई नआउन सुचना जारी गरेका छन । एकाविहानै चहलपहल हुने उपत्यकाको बजार पनि अहिलेसम्म शुन्य छ । तर सरकारले बन्दको अवज्ञा गर्न भनेको छ । चोकचोकमा प्रहरीको उपस्थिती बाक्लो छ यद्यपी सर्वसाधरण हिजो ४ जनाको ज्यान जाने गरि भएको बम विस्फोटको त्रासले तुलनात्मक रुपमा बिहानमा बाहिर निस्कनेको सङख्या अत्यान्त न्युन छ ।