काठमाण्डौको सुकेधारा र अनामनगर बिस्फोटमा चारको मृत्यु (नामसहित)

काठमाण्डौको सुकेधारा र अनामनगर बिस्फोटमा चारको मृत्यु (नामसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ जेष्ठ २०७६
  • 8K
    Shares

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ४ सुकेधारास्थित ढलाने पुल नजिकै रहेको एक सैलुनमा भएको विस्फोटमा परेर दुई जनाको मृत्यु भएको छ । विष्फोटमा महोत्तरी घर भइ सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुर, काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन लगायत ५ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

यसै गरी प्रहरीले दिएको जानकारी अनुसार अनामनगर घट्टेकुलोस्थित  घरमा भएको विष्फोटमा परेर विप्लव नेतृत्वको ने.क.पा. निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रज्वल शाहीको मृत्यु भएको छ भने घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अनामनगर-घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव नेतृत्वको ने.क.पा. निकट अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस इकाई कमिटीका अध्यक्ष र सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव नेतृत्वको ने.क.पा. निकट भातृ संस्था नेवा मुक्ति मोर्चा काठमाडौँका अध्यक्ष रहेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव नेतृत्वको ने.क.पा.ले आयोजना गरेको नेपाल बन्द को अघिल्लो दिन भएका यी दुई बिष्फोटका घटनामा विप्लव नेतृत्वको ने.क.पा.कै हात रहेको प्रहरीको दाबी छ । तर विप्लव नेतृत्वको ने.क.पा.ले आइतबार राती अबेरसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यस अघि समाचार स्रोतलाई उल्लेख गर्दै बिभिन्न व्यक्तिको मृत्यु भएको भनी नाम उल्लेख भएकोमा क्षमा प्रार्थी छौं – सम्पादक  

 

प्रतिक्रिया