काठमाडौंको सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् । सुकेधारास्थित सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै अनामनगर-घट्टेकुलोमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।
यसैबीच प्रहरीले दिएको जानकारी अनुसार, सुकेधाराको पुलछेउमा बिस्फोट हुँदा घाइते बनेका ६ मध्ये एक जनाको मृत्यु भएको छ भने घट्टेकुलोमा एउटा घरभित्र बिस्फोट भएको र एक जनाको मृत्यु भएको जनाइएको छ।