पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका हुन् ।
घाइतेमध्ये घर्तीकाे अवस्था गम्भीर रहेको छ र उनको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार, घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा आइतबार साँझ विस्फोट भएको थियो र घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीरा राना घाइते भएका थिए । उनको अवस्था मध्यम छ । घाइते रानाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।