सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित युवा संगठन नेपालका केन्द्रीय सदस्य एबम गण्डक ब्युरो संयोजक कुमारले गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित वर्गलाइ झन् उत्पीडनमा पार्न ने.क.पा.माथी प्रतिबन्ध लगाइएको टिप्पणी गरेका छन् ।
सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित युवा संगठन नेपाल जिल्ला संगठन समिति कास्कीले आज कास्की जिल्लाको लेखनाथस्थित पटनेरीमा आयोजना गरेको सरकारी प्रतिबन्धबिरुद्धको कोणसभामा बोल्दै युवा संगठनका नेता कुमारले त्यस्तो कुरा बताएका हुन् ।

युवा सङगठनका नेता कुमार ले केपि-प्रचण्ड सरकार साम्राज्यवादको दलाल साबित भएको जिकिर गर्दै आफुहरुले दलाल, फटाह र कमिसनखोरहरुलाइ कार्बाही गर्दा आफुहरुको पार्टी ने.क.पा.माथी प्रतिबन्ध लगाइएको उनले आरोप लगाए । उनले आफ्नो मातृ पार्टी ने.क.पा.माथिको प्रतिबन्ध त्यस पार्टीविरुद्ध मात्र सिमित नएको स्पस्ट पारे ।

यत्रतत्र, सर्वत्र सत्ताका मतियारहरु र सुराकीहरु भएपनि उनीहरुको आँखा छलेर युवा संगठन नेपाल जिल्ला संगठन समिति कास्कीले गरेको उक्त कार्यक्रम संचालन युवा संगठन नेपाल कास्कीकी संयोजक सोममाया बिकले गरेकी थिइन ।