काठमाण्डौ जाँदै गरेको बस त्रिशुलीमा खस्दा पाँचको मृत्यु, २९ यात्री घाइते

काठमाण्डौ जाँदै गरेको बस त्रिशुलीमा खस्दा पाँचको मृत्यु, २९ यात्री घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ जेष्ठ २०७६
  • 9.4K
    Shares

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस आज बिहान ६ बजे धादिङ जिल्लाको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा  खस्दा पांच जना यात्रुको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । त्यस बस दुर्घटनामा चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ। अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

मृतक र घाइतेको परिचय खुलेको छैन । दुर्घटना हुने बेला बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार चालक सम्पर्कमा छैनन् । सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको बस दुर्घटनाको कारण पनि खुलेको छैन । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ।

प्रतिक्रिया