सरकारलाई आर्थिक, सामाजिक, राजनीतिकलगायतका सुझावहरु दिन बनेको नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्यांक) का संयोजक प्रा.डा. चैतन्य मिश्रले पदबाट राजीनामा दिएका छन्। तीन वर्षका लागि नियुक्त प्रा.डा. चैतन्य मिश्रले प्रतिष्ठानबाट सात महिनामै राजीनामा दिएका हुन्।
थिंक ट्यांकका संयोजक मिश्रले राजीनामा दिनुको स्पष्ट कारण स्पस्ट नभएपनि आफ्नै व्यक्तिगत कारण राजीनामा दिएको आफ्नो राजिनामापत्रमा उल्लेख गरेका छन्। मिश्रको राजीनामाबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकिएको छ। स्रोतका अनुसार संयोजक मिश्र यसै सातादेखि कार्यालय जान छाडेका थिए।
काठमाण्डौको अनामनगरमा अस्थायी कार्यालय रहेको प्रतिष्ठानको कार्यालय व्यवस्थापन तथा अनुसन्धानकर्ता लगायत जनशक्ति जुटाउने कार्य सकिएको दाबी गरिएको छ । तर प्रतिष्ठानमा दरवन्दीअनुसार कर्मचारी उपलब्ध नगराइएको गुनासो सार्वजनिक भएको छ । अ
संयाजक मिश्रले राजिनामा दिएपछि अब प्रतिष्ठानमा डा. मीना आचार्य, प्रा.डा. राजेन्द्रध्वज जोशी, प्रा.डा. सुरेन्द्र लाभ र डा. गणेश गुरुङ छन्।