ने.क.पा. रुकुम पूर्वका इन्चार्ज पश्चिमबाट गिरफ्तार

ने.क.पा. रुकुम पूर्वका इन्चार्ज पश्चिमबाट गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ बैशाख २०७६
  • 7.4K
    Shares

सरकारले प्रतिबन्ध लगाएपछी रुकुमबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले व्यापक रुपमा गिरफ्तार गर्न थालेको छ । यसै क्रममा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’लाई प्रहरीले रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ गरायलास्थित घरबाट गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई गएराती गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

विप्लव नेतृत्वको ने.क.पा. निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष पक्राउ परेको एक साता नबित्दै प्रहरीले पार्टीका जिल्ला इन्चार्ज शिशिरलाई नै पक्राउ गरेको हो ।

यस अघि रुकुम पश्चिम प्रहरीले २६ वैशाखमा नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको थियो । त्यस अघि पनि प्रहरीले नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रसान्त बोहरा र संगठनकै जिल्ला सचिव हरि पुनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया