रक्सी खान नेपाल छिरेका भारतीय प्रहरीले नेपालका प्रहरी कुटे

रक्सी खान नेपाल छिरेका भारतीय प्रहरीले नेपालका प्रहरी कुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ बैशाख २०७६
  • 7K
    Shares

मादक पदार्थ रक्सी सेवन गर्न नेपाल छिरेका चार जना भारतीय प्रहरीले ड्युटीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपीट गरेका छन् । विहारमा शनिबार हुने लोकसभा चुनावका कारण मदिरा सेवनमा कडाइ गरेपछी मदिरा सेवन गर्न नेपाल छिरेका उनीहरुले ड्युटीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपीट गरेका हुन् ।

रौतहट जिल्लाको गौर नगरपालिका १ को सूर्या बेम्बो होटलमा मदिरा खाएर होहल्ला गरिरहेका विहार मिलिटरी पुलिसका सुरक्षाकर्मीले होटलमा तोडफोड र कामदारलाई कुटपीट गरेपछि घटनाबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको थियो । तर उनीहरुले प्रहरी र सशस्त्र प्रहरीमाथि पनि कुटपीट गरेको प्रहरीको भनाई छ ।

नेपाली प्रहरी र स्थानीय बासिन्दालाई कुटपिट गर्ने तीन जना भारतीय सुरक्षाकर्मीलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा पृथ्वी पुन, खड्कसिंह भण्डारी र सुमन आले रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए । चार जनाको समूहमा रहेका उनीहरुमध्ये एक जना भने भाग्न सफल भएका छन् ।

प्रतिक्रिया