अदालतले छाडेपनि ने.क.पा. गोर्खाका इन्चार्ज र सेक्रेटरी फेरि गिरफ्तार

अदालतले छाडेपनि ने.क.पा. गोर्खाका इन्चार्ज र सेक्रेटरी फेरि गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ बैशाख २०७६
  • 10.7K
    Shares

जिल्ला अदालत गोरखाले धरौटीमा रिहा गर्न आदेश दिएपनि विप्लव नेतृत्वकाे ने.क.पा.का दुई नेतालाई प्रहरीले फेरि गिरफ्तार गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले फेरि गिरफ्तार गरेको हो  । उनीहरुलाई अदालतले पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रहरीलाई घाइते बनाएको र बम विस्फोटसम्बन्धी दुई वटा मुद्दामा अनुसन्धानका लागि फेरि उनीहरुलाई गिरफ्तार गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । जिल्ला अदालतबाट पक्राऊ आदेश लिएरै भट्ट र कुमाललाई पक्राउ गरिएको उनको भनाइ छ ।

वैशाख २२ गते पालुङटारबाट नियन्त्रणमा लिने क्रममा सेक्रेटरी भट्टले धकेल्दा एक प्रहरी घाइते भएको प्रहरीको दाबी छ । धकेलाधकेलका क्रममा जिल्ला सेक्रेटरी भट्ट पनि घाइते भएका थिए ।

प्रहरीले छुट्टाछुट्टै मितिमा पक्राउ गरी राजद्रोहकै मुद्दा चलाइएका जिल्ला जनपरिषद प्रमुख विष्णु रिजाल र जिल्ला कमिटी सदस्यअञ्जु कुमाल भने पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया