नेत्रबिक्रम चन्द ‘बिप्लब’ निकट बिद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला अध्यक्ष मुक्ति गैरेलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई प्रहरीले पाल्पा जिल्लाको तानसेनस्थित सितलपाटीबाट साझको ७:३० बजे गिरफ्तार गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि गिरफ्तार भै रिहा भएका थिए ।
पाल्पामा प्रहरीलले यस अघि अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का अध्यक्ष टोपलाल बस्याल र शिक्षक संगठनका अध्यक्ष विजय बुढालाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई हिरासतमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।