ने.क.पा.का पोलिटव्युरो सदस्य भरत बमसहित दुई जना गिरफ्तार

ने.क.पा.का पोलिटव्युरो सदस्य भरत बमसहित दुई जना गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २५ बैशाख २०७६
  • 8.4K
    Shares

सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतुत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावसाली युवा नेता एबम पोलिटव्युरो सदस्य भरत वम ‘रणविर’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपालगन्ज कोहलपुरको विचमा रहेको गनापुरको एक गाउँवाट वुधवार उनलाई गिरफ्तार गरिएको पार्टी सम्बद्ध समाचारस्रोतले जानकारी दिएको छ । बमसंगै रहेका कालिकोटका सत्य वहादुर शाही पनि गिरफ्तार भएका छन् ।

बम नेकपा पश्चिम कमान्डका प्रभावसाली नेता हुन ।उनलाई अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा रखिएको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट विष्फोटक पदार्थसमेत बरामद भएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए ।
यस अघी नेकपाका स्थायी कमिटी सदस्य तथा मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश अोली ‘शुदर्शन’, पोलिटव्युरो सदस्य मोहन कार्की ‘जिवन्त’ लगायतका नेताहरु गिरफ्तार भैसकेका छन ।

उक्त पार्टी माथी प्रतिवन्ध लगायको दुई महिनाको अवधिमा पाच सय भन्दा वढी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।

 

प्रतिक्रिया