नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गण्डकी ब्युरोले आफ्ना नेता- कार्यकर्ता माथिको दमन र गिरफ्तारी तत्काल बन्द गर्न सरकारसंग जोडदार माग गरेको छ । ने.क.पा.की केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना नेता- कार्यकर्तामाथिको दमन र गिरफ्तारी तत्काल बन्द गर्न सरकारसंग जोडदार माग गरेकी हुन् ।
ने.क.पा. गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरीकपिल भट्टलाई आइतबार मात्रै पार्टी कामको सिलसिलामा रहेकै अवस्थामा पालुङटार नगरपालिका वडा नं. ७, खोलाघाटबाट गिरफ्तार गरिएपछी आक्रोशित बनेकी नेत्री आस्थाले विज्ञप्तिमार्फत व्यापक गिरफ्तारी र सरकारी दमनको घोर भत्र्सना गरेकी छिन् । उनले आफ्नो पार्टीका नेता कार्यकर्ता र क्रान्तिकारी नेपाली जनतालाई राजनीतिक, बैचारिक आस्थाकै आधारमा गिरफ्तार गरी झुठा मुद्दा लगाई गैरकानुनी रूपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिरहेकोमा पनि उनलाई आपत्ति जनाएकी हुन ।
गिरफ्तार सबै नेता कार्यकर्ताको रिहाइको माग गर्दै उनले यस विषयमा बोल्न सबै पक्षलाई आग्रह समेत गरेकी छिन् । विज्ञप्तिमा भनिएको छ ‘राजनीतिक कार्यक्रमका सिलसिलामा रहेका हाम्रा नेता कार्यकर्तालाई झुठा आरोपमा गिरफ्तार गर्ने, गैरकानुनीरुपमा थुनामा राख्ने तथा मानसिक शारीरिक यातना दिने घटनाको हामी घोर भत्र्सना गर्दछौँ ।’
त्यस्तै गिरफ्तार गरिएका तमुवान जनसरकार प्रमुख किसान सिंह गुरुङलाई ५ हजार र कास्की जनसरकार प्रमुख रामकाजी गुरुङलाई १ हजार धरौटी सहित कास्की जिल्ला अदालतलले तारेखमा रिहा गरेकोमा तारेखमा जाँदा प्रशासनले गैरकानुनी रूपमा पुनः गिरफ्तार गरेको भन्दै आपत्ति जनाएकी छिन । त्यस्तै गिरफ्तार गरिएका तमुवान जनसरकार प्रमुख किसान सिंह गुरुङलाई रु। ५,००० र कास्की जनसरकार प्रमुख क।रामकाजी गुरुङलाई रु। १०,००० धरौटी सहित कास्की जिल्ला अदालतलले तारेखमा रिहा गरेकोमा तारेखमा जाँदा प्रशासनले गैरकानुनी रूपमा पुनः गिरफ्तार गरेको छ ।
यसैगरी स्याङ्जा जिल्ला सेक्रेटरी क.गोकुल पराजुली, मजदुर नेता क।गोविन्द ओली सहित पार्टी जिल्ला कमिटी सदस्य क।सागर अर्याल र महिला नेत्री क।मिसिरा नेपालीलाई गिरफ्तार गरी झुठा मुद्धा लगाई गैरकानुनी रूपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिरहेको छ ।