बैशाख २३ गते नेपाल बन्द भएको भन्दै समाचारहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा आइरहेपछी त्यसदिन आफ्नो पार्टीले कुनै बन्दको आयोजना नगरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।
सो पार्टीको आधिकारिक मुखपत्र मानिएको ईरातोखबर डट कमका अनुसार, बैशाख २३ गते नेपाल बन्द भएको भन्दै समाचारहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा आइरहेको हुनाले सबैतिरबाट नेपाल कम्युनिस्ट पार्टीले बन्द गरेको हो कि भन्ने भ्रम परेको देखिएकाले नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको केन्द्रीय कार्यालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु अगाडि बढिरहेको हुनाले अहिले पार्टीले बन्दको कुनै पनि कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।
केही दिन अघि नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्ये केन्द्रीय कमाण्ड इन्चार्ज सगुनले एक प्रेस विज्ञप्ति जारी गरेको भन्दै केही संचार माध्यमले वैशाख २३ गते प्रदेश ३ र ४ बन्दको आह्वान गरेको समाचार सार्वजनिक गरेका थिए ।
सो विज्ञप्तिमा, ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको” भनिएको छ ।
