आफ्नै शिशुलाई बेवारिसे छोडेको आरोपमा पूर्वसभासद साह पक्राउ

आफ्नै शिशुलाई बेवारिसे छोडेको आरोपमा पूर्वसभासद साह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ बैशाख २०७६
  • 3.7K
    Shares

आफ्नो नवजात शिशुलाई अस्पतालमा बेवारिसे छाडेको आरोपमा प्रहरीले पूर्वसभासद गायत्री साह र उनको श्रीमानलाई पक्राउ गरेको छ ।

साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । तर, बच्चामा डाउन सिन्ड्रोम देखियो । अस्पतालको लापरवाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चाको जन्म भएको साह र उनको परिवारको आरोप छ ।

बच्चाको आजीवन उपचार अस्पतालले गर्नुपर्ने माग राख्दै साह र उनका श्रीमान राजेश महतोले अस्पतालमै धर्ना समेत दिएका थिए ।

पटकपटक आग्रह गर्दा पनि साहले बच्चा नलिएपछि अस्पतालले १३ वैशाखमा ललितपुर प्रहरीमा उजुरी थियो । मुलुकी अपराध संहिताको दफा १८४ -१) अनुसार साह र उनका श्रीमानविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएर पक्राउ पूर्जी जारी भयो ।

गायत्री र उनका श्रीमानलाई आइतबार अपराहृन अस्पताल परिसरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया