प्रधानमन्त्रीले कांग्रेसलाई जिस्काएपछि संसदमा हाँसोको फोहोरा, सभामुख अनविज्ञ

प्रधानमन्त्रीले कांग्रेसलाई जिस्काएपछि संसदमा हाँसोको फोहोरा, सभामुख अनविज्ञ

  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ बैशाख २०७६
  • 8.3K
    Shares

प्रधानमन्त्री केपी ओलीले शुक्रबारकोतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेताहरुलाई जिस्काएपछी हाँसोको फोहोरा चल्यो । प्रधानमन्त्री ओलीलाई सभामुखले धन्यवाद प्रस्ताव टेबुल गर्न रोस्टममा बोलाउँदा ओली रोस्टमतिर नगई कांग्रेसका नेतातिर गएर जिस्किएका थिए।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रगान बजे लगत्तै सभामुख कृष्णबहादुर महराले धन्यवादको प्रस्ताव टेबल गर्न प्रधानमन्त्री केपी ओलीलाई रोस्टममा बोलाएका थिए ।

जब प्रधानमन्त्री ओली आफ्नो आसनबाट उठेर रोस्टमतर्फ जाँदै थिए। प्रमा ओली हाँस्दै प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग थोरै कुरा गरेर हाँस्दै रोस्टमतर्फ अघि बढे। प्रधानमन्त्री हाँस्दै रोस्टमतिर लाग्दा अन्य सत्ता पक्षीय संसदसमेत हाँसे।

प्रतिपक्षी दल र सत्ता पक्षका सांसद हाँसेको देखेर सभामुख महरा भने छक्क परे। छेउमै रहेका महासचिव मनोहरप्रसाद भट्टराईलाई सोधे, ‘किन हाँसे…ह ?’ खासमा हाँसोको सन्दर्भबारे सभामुख अनविज्ञ थिए।

संसदमा आफ्नो बोल्ने पालो आउँदा वा कुनै महत्वपूर्ण निर्णय प्रस्तुत गर्नुअघि ओलीले कांग्रेस सभापति देउवालाई जिस्काउने गरेका छन्। शुक्रबार पनि ओलीले देउवालगायत कांग्रेस नेतालाई धन्यवाद प्रस्तावको पक्षमा समर्थन गर्न भन्दै जिस्काएका थिए। ओलीको कुरा सुनेर कांग्रेस नेता हाँसेका थिए। कांग्रेसका शीर्ष नेता हाँसेपछि सत्तारुढ सांसदसमेत प्रधानमन्त्री ओलीलाई हेर्दै हाँसेका थिए। तर, सभामुख भने यो सबै कुरामा अनविज्ञ थिए।

शुक्रबार संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बसेको थियो।

खासमा हाँसोको कारण के थियो त ? प्रधानमन्त्री ओलीलाई सभामुखले धन्यवाद प्रस्ताव टेबुल गर्न रोस्टममा बोलाउँदा ओली रोस्टमतिर नगई कांग्रेसका नेतातिर गएर जिस्किएका थिए।

संसदमा आफ्नो बोल्ने पालो आउँदा वा कुनै महत्वपूर्ण निर्णय प्रस्तुत गर्नुअघि ओलीले कांग्रेस सभापति देउवालाई जिस्काउने गरेका छन्। शुक्रबार पनि ओलीले देउवालगायत कांग्रेस नेतालाई धन्यवाद प्रस्तावको पक्षमा समर्थन गर्न भन्दै जिस्काएका थिए। ओलीको कुरा सुनेर कांग्रेस नेता हाँसेका थिए। कांग्रेसका शीर्ष नेता हाँसेपछि सत्तारुढ सांसदसमेत प्रधानमन्त्री ओलीलाई हेर्दै हाँसेका थिए। तर, सभामुख भने यो सबै कुरामा अनविज्ञ थिए।

शुक्रबार संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बसेको थियो।

राष्ट्रपतिले सम्बोधनमार्फत् नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रतिनिधिसभा र राष्ट्रियसभाले राष्ट्रपति भण्डारीप्रति धन्यवाद प्रस्ताव पारित गरेका छन्। संयुक्त सदनपछि बसेका दुवै सदनका अलगअलग बैठकमा प्रधानमन्त्री ओलीले धन्यवादको प्रस्ताव टेबुल गरेका थिए। दुवै सदनबाट धन्यवादको प्रस्ताव सर्वसम्मत पारित भएको छ।

प्रतिक्रिया