कालिका सामुदायिक वनमा दुई शव

कालिका सामुदायिक वनमा दुई शव


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० बैशाख २०७६
  • 4.4K
    Shares

कैलालीको घोडाघोडी नगरपालिका-३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका-३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको खुलेको छ । उनीहरू दुवैले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने बताएको छ ।

शव परीक्षणका लागि धनगढी पठाएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । शवमा किरा पर्न थालेकाले केही दिनअघि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमानको कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भन्ने जानकारी गराएकी भन्दै खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुन सक्ने अनुमान गरिए पनि यकिन नभएको भन्दै अनुसन्धान भइरहेको जनाएको छ । रासस

प्रतिक्रिया