पोखराकी माया गुरुङद्वारा कुवेतमा तनहुँका खेम बिकको हत्या !

पोखराकी माया गुरुङद्वारा कुवेतमा तनहुँका खेम बिकको हत्या !


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ बैशाख २०७६
  • 12.6K
    Shares

पोखराकी माया गुरुङद्वारा तनहुँका खेम बिकको हत्या

बिगत चार वर्षदेखि अवैध रुपमा ‘लिभिङ टुगेदार’मा बसेकी पोखराकी माया गुरुङले  कुवेतमा तनहुँका खेम बिकको हत्या गरेकी छिन । अवैध रुपमा एउटै कोठामा बस्दै आएकी युवती माया गुरुङले कोठामै त्नहुँका खेम विकलाई बुधबार छुरी प्रहार गरी हत्या गरेको कुवेत प्रहरीले जनाएको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार,  मृतक विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ । उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेका थिए । कुवेत प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ भने विकको शवलाई पोसमार्टमका लागि फोरेन्सिक विभागमा लगिएको छ । प्रहरीले थप अनुसन्धानका लागि सो घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ ।
मृतक बिक र माया कुवेतको मंगाफस्थित ब्लक ४ मा बस्दै आएका थिए । घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी माया आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएकी थिइन । माया र खेमबीच लामो समयदेखि आपसी विवाद भइरहेको सो क्षेत्रमा रहेका नेपालीले बताएका छन । सो घरमा अधिकांश अवैध रुपमा वस्दै आएको बताइएको छ ।

प्रतिक्रिया