ने.क.पा.को कार्यालय रहेको रातो घरमा प्रहरीको ताला, प्रहरीको तालामाथि आफ्नो ताला लागेको ने.क.पा.को दाबी

ने.क.पा.को कार्यालय रहेको रातो घरमा प्रहरीको ताला, प्रहरीको तालामाथि आफ्नो ताला लागेको ने.क.पा.को दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ चैत्र २०७५
  • 8.6K
    Shares

बुटवलको पाल्पारोडस्थित ‘रातो घर’

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको बुटवलको पाल्पारोडस्थित ‘रातो घर’ प्रहरीले नियन्त्रणमा लिएको छ ।

ने.क.पा.ले लामो समयदेखि प्रयोग गर्दै आएको सो भवन सोमबार राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी लिएर गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो  । प्रहरी टोलीले ताल्चा फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाएको छ र भवनमा वाणिज्य बैंकले ताला लगाएको छ ।

कार्यालयमा कुर्सी, टेबल लगातयका फर्निचर वाहेक कुनै महत्वपूर्ण कागजात फेला नपरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरक्षिक डिलबहादुर मल्लले बताए ।

यसैबीचविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देही जिल्ला इन्चार्ज शरद ओली र सेक्रेटरी अमर आरसीले संयुक्त विज्ञप्ति जारी गर्दै घर खाली नगर्ने बताएका छन् ।

विज्ञप्तिमा वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको समेत विज्ञप्तीमार्फत जानकारी दिइएको छ । फेरि हस्तक्षेप गरेमा पार्टीले कठोर निर्णय लिन बाध्य हुने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ । पार्टी कार्यालयको ताल्चा फोरेर पार्टीको झण्डा, ब्यान, साइनबोर्ड लगायत महत्वपूर्ण सामग्री कब्जा लिएकोप्रति घोर भत्र्सना तथा निन्दा गरेको हो ।

आफूहरुले १३ बर्षदेखि पार्टी कार्यालय सञ्चालन गर्दै आइरहेको उक्त कार्यालयमा बिना सुचना हस्तक्षेप गरिएको र कार्यालयमा बस्दै आएका मजदुरहरुलाई २ दिनभित्र खाली गर्न चेतावनी समेत दिएको बताउँदै विज्ञप्तिमा यस्तो हर्कत नदोहो¥याउन समेत चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्टको नाममा समाजवाद र साम्यवादको बदनाम गर्ने ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो कार्यालयमाथि गरेको अनावश्यक हस्तक्षेप, पार्टीमाथि लगाइएको प्रतिबन्ध र हाम्रा नेता कार्यकर्ताहरुको गिरफ्तारी तथा जनविरोधी हर्कत विरुद्ध हामी राजनीतिक, वैचारिक तथा वर्गसङ्घर्षको माध्यमबाट सशक्त प्रतिवाद गर्दछौं र गृहप्रशासनको यस्तो फासीवादी र राजनीतिक स्वतन्त्रता विरोधी हर्कत विरुद्व सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील समेत गर्दछौं ।’

वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको समेत विज्ञप्तिमार्फत जानकारी दिदैं फेरी पनि त्यस्तो खालको हस्तक्षेप गरेमा पार्टीले गम्भीर र कठोर निर्णय लिन बाध्य हुने र हस्तक्षेप विरुद्ध पार्टी जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी समेत विज्ञप्तिमार्फत दिएको छ ।

प्रतिक्रिया