सभापति बन्न देउवालाई ११ मत पुगेन, दोस्रो चरणको चुनाव हुने

सभापति बन्न देउवालाई ११ मत पुगेन, दोस्रो चरणको चुनाव हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ फाल्गुन २०७२
  • 11.2K
    Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनावमा पहिलो भएका छन् । तर, ११ भोटले सभापति बन्न भने चुकेका छन् । अब दोस्रो चरणको चुनाव हुनेछ । अब सोमबार हुने दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । कांग्रेसको विधानमा सभापति हुन बुहमत (५० प्लस एक) आवश्यक पर्ने व्यवस्था भएकाले विजयी हुने १ हजार ५७५ मत चाहिन्थ्यो ।

तर, देउवाले १ हजार ५६४ मत ल्याए भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १५४ मत ल्याएकमा छन् । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत मात्र ल्याएका छन् । १०७ मत भने बदर भएको छ । अब दोस्रो चरणको चुनावमा सिटौला उम्मेदवार हुने छैनन् ।

congress counting 1

प्रतिक्रिया