लमजुंग र तनहुँबाट ने.क.पा.का दुई नेता पक्राउ

लमजुंग र तनहुँबाट ने.क.पा.का दुई नेता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ फाल्गुन २०७५
  • 18.4K
    Shares

शान्तिपूर्ण तरीकाले संगठन सुद्रिधिकरण एबम बिस्तार अभियान चलाइरहेको बखत ब्यापक दमन र धरपकड गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको यही फागुन ३० गतेको नेपाल बन्द नजिकिंदै गर्दा प्रहरीले ने.क.पा.का नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने कार्यलाई तिब्रता दिएको ।  यसै क्रममा तनहुँ र लमजुंग जिल्लाबाट पनि ने.क.पा.का दुई नेतालाई गिरफ्तार गरेको समाचारहरु प्राप्त भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सदस्य प्रकाश शाहीलाई आज बिहान करीब ५ बजे उनको डुम्रेस्थित घरबाट गिरफ्तार गरिएको ने.क.पा.तनहुँले जनाएको छ । उनलाई घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखिएको समाचारमा जनाइएको छ l त्यसै गरी ने.क.पा.को सहायक संगठन युवा संगठन नेपालका गण्डक ब्युरो  सदस्य एबम लम्जुंग जिल्ला अध्यक्ष जगत गुरुङलाई प्रहरीले गएको शनिबार गिरफ्तार गरेको समाचार छ l

यसैबिच नेपाल कम्युनिष्ट पार्टी तनहुँका इन्चार्ज उभारले आजै एक प्रेस बिज्ञप्ति जारी गरी उक्त गिरफ्तारीको बिरोध गरेका छन् l  उनले आफ्नो बिज्ञप्तिमा फांसीवादी शैलीको गिरफ्तारीप्रति आपत्ति प्रकट गर्दै अबिलम्ब रिहाइको माग गरेका छन् । उनले यही फागुन ३० गते पार्टीले आयोजना गरेको नेपाल बन्दलाई सहयोग र समर्थन  गरि दिन पनि आम जनसमुदाय, ब्यबसायी, उद्योगी सबैसंग आव्हान पनि   गरेका छन् ।

प्रतिक्रिया