नेपाली सेनासँग संयुक्त अभ्यास गर्ने चीनको प्रस्ताव

नेपाली सेनासँग संयुक्त अभ्यास गर्ने चीनको प्रस्ताव


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ पुष २०७३
  • 5.7K
    Shares

चिनियाँ सेनाका कर्णेल लिओ ज्याम्लीनपाङ नेतृत्वको उच्चस्तरीय टोली अहिले नेपाल भ्रमणमा छ ।  डिजास्टर म्यानेजमेन्टका साथै नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यासबारे छलफल गर्न यो टोली नेपाल आएको हो ।

र, यो टोलीले उच्चस्तरीय भेटवार्ता गरिरहेको सैनिक उच्च स्रोतले बताएको छ । छलफलका क्रममा चिनियाँ टोलीले दुई देशको संयुक्त सैन्य अभ्यासको प्रस्ताव अघि सारेको छ ।

यद्यपि यसबारे धेरै कुरा तय हुन बाँकी छ । संयुक्त सैन्य अभ्यास प्रारम्भिक छलफलकै क्रममा रहेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले अनलाइनखबरलाई बताए । ‘अहिले यो प्रारम्भिक छलफल मात्रै हो, संयुक्त सैन्य अभ्यासबारे निर्णय भइसकेको छैन, उनले भनेका छन् ।

नेपाली सेनाले अमेरिकाका साथै भारतीय सेनासँग पटक-पटक संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । तर, अहिलेसम्म नेेपाल र चीनबीच भने संयुक्त सैन्य अभ्यास भएको छैन ।

प्रतिक्रिया