भारतको तमिलनाडु राज्यको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके) का अनुसार भारतको तमिलनाडु राज्यकी लोकप्रिय नेत्रृ तथा तत्कालिन मुख्यमन्त्री जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके)ले जानकारी दिएको छ । तर केन्द्रीय गुप्तचर संस्थाले भने जयललिताको निधनका कारण आफ्नो ज्यान दिनेको संख्या ३० पुगेको र आत्महत्याको प्रयास गर्नेको संख्या ४ रहेको जनाएको छ ।
यसअघि जयललिताले आयभन्दा अधिक सम्पत्तिको सम्बन्धमा केही समय जेलमा बिताउँदासमेत कथित रुपमा केही प्रशंसकले आत्महत्या गरेको बताइन्छ ।
तमिलनाडु राज्यको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके) दलले जारी गरेको विज्ञप्ति अनुसार जयललिता अस्वस्थ्य भएको र उनको निधन भएको खबर सुनेपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेको दाबी गर्दै उनीहरुको सूचीसमेत सार्वजनिक गरेको छ ।
तमिलनाडु राज्यको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके)पार्टीले जयललिताको निधनपछि आत्महत्या गर्ने प्रयास गरेका पार्टीका पदाधिकारी तथा कार्यकर्ता, आफ्नो औंला काटेर शोक मनाएका कार्यकर्तालाई क्षतिपूर्तिस्वरुप पार्टीका तर्फबाट ५०–५० हजार रुपैयाँ दिने घोषणासमेत गरेको छ । (एजेन्सी)