बेलायती संसदमा जब सभामुखसहित सबै रुन थाले …

बेलायती संसदमा जब सभामुखसहित सबै रुन थाले …


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ मंसिर २०७३
  • 13K
    Shares

बेलायतकी एक महिला सांसदले आफ्नो पीडा सुनाउँदा बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा उपस्थित सभामुखसहित सबै सांसद रोएका छन् । स्कटिस सांसद मिशेल थमसनले  संसदमा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको घटना सुनाएकी थिइन् ।

महिला हिंसा अन्त्यका लागि राष्ट्रसंघले घोषणा गरेको अन्तराष्ट्रिय दिवसको अवसरमा संसदमा भएको बहसमा मिसेल थमसनले भनिन् कि जब उनी १४ वर्षकी थिइन्, आफ्नो नजिककै व्यक्तिबाट उनको बलात्कार भयो ।’

उनलाई स्कटिश नेशनल पार्टीका सांसदहरुले सान्त्वना दिए । तर, उनको भाषणको असर यो रह्यो कि स्पीकर जोन बर्को पनि भावुक भए भने अधिकांश सांसदको गहभरी आँसु भएको छ ।

लेबर पार्टीका  महिला सांसद ट्रेसी ब्रेनिनले पनि संसदमा आफ्नो विगतको दुखःद घटना सुनाएकी छिन् । आफू २० वर्षको हुँदा एक व्यक्तिले बलात्कार गर्न खोजेको उनले बताइन् ।

प्रतिक्रिया