एमाओवादीसँग पार्टी एकताबारे वैद्य र बादलबीच विवाद, फेरि पार्टी विभाजानको चर्चा

एमाओवादीसँग पार्टी एकताबारे वैद्य र बादलबीच विवाद, फेरि पार्टी विभाजानको चर्चा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ फाल्गुन २०७२
  • 10.4K
    Shares

एमाओवादीसंग विभाजित भएको दुई वर्षभित्रै थप विभाजन झेलेको नेकपा क्रान्तिकारी माओवादीमा पुनः विवाद बढेको छ । एमाओवादीसँग पार्टी एकताको विषयलाई लिएर विवाद बढेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  बैद्य माओवादीमा एमाओवादीसँग एकता गर्ने नपर्ने विषयले दुई लाइन संघर्ष चलेको छ ।

एकताको विषयले अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादलबीच विवाद उत्कर्षमा पुगेको छ ।  कतिपयले यही विषयले बैद्य माओवादीमा फेरि विभाजन आउने बताउन थालेका छन् ।  स्रोतका अनुसार अध्यक्ष बैद्य राजनीतिक कार्यदिशासहितका विषयमा एमाओवादी सच्चिए मात्रै एकता गर्न सकिने पक्षमा छन् भने थापा तत्कालै माओवादी पार्टीहरुबीच निःसर्त एकताको पक्षमा छन् ।

विभाजन हुँदा माओवादी शक्ति कमजोर भएको र यथास्थितिवादीहरुले खेल्ने मौका पाएको भन्दै थापा एकता गरेपछि पनि अन्य कार्यदिशाका विषयमा छलफल गर्न सकिने पक्षमा उभिएका छन् । तर, वैद्य भने सिद्धान्त नमिलेसम्म एकता हुन नसक्ने अडानमा छन् । प्रचण्डलाई स्थापित गर्न मात्र एकता गर्न नहुने वैद्यको भनाई छ ।

प्रतिक्रिया