तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त, १७ जनाको शव प्राप्त

तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त, १७ जनाको शव प्राप्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ फाल्गुन २०७२
  • 12.1K
    Shares

बुधबार विहानबाट सम्पर्कविहीन भएको तारा एयरको विमान म्याग्दीको दाना गाविसको केकर बुट्टा जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनाग्रस्त भएको तारा एयरको विमानमा रहेका २३ मध्ये १७ जनाको शव भेटिएको छ । सुरक्षाकर्मीले सबैको मृत्यु भएको आशंका गरेको छ ।

सशस्त्र प्रहरीका डीआईजी नरेन्द्रकुमार सिंहका अनुसार, खराब मौसमका कारण हेलिकोप्टर जाने सम्भावना छैन ।

रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखराबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को-पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा रावल रहेका छन् । विमानमा दुई विदेशी चीन र कुवेतका नागरिक रहेका थिए । जहाजमा सवार यात्रूहरुमा दुई बालबालिका रहेका थिए उनीहरुको नाम खुल्न सकेको छैन । सो विमानमा मुस्ताङ जिल्ला प्रशासन कार्यालय मुस्ताङका नायब सुब्बा रेवती बराल मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ बास्तोला भीमदल गण मुस्ताङमा कार्यरत सैनिक राजकुमार तामाङ मुस्ताङको कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी बालकृष्ण न्यूरे रहेका थिए ।
पोखराको मासवार घर भएका बराल घरविदामा आएर कार्यालय फर्केका हुन् । पोखराको फूलबारी निवासी बास्तोला पनि बुधबार बिहान तारा एयरको विमान चढेर पोखराबाट जोमसोमका लागि उडेका थिए । बाग्लुङ घर भएका न्यूरे पनि घरबाट आफ्नो कार्यक्षेत्रमा जाँदै थिए ।
विमानमा रहेका अन्य यात्रुहरुमा रसर अलिद अहमद, बिनिता भट्टचन, कृष्ण भट्टचन, दिलकुमारी र्गौचन, देवीजङ गुरुङ, फेन्जुक गुरुङ, लक्ष्मी हिराचन, मोतीबहादुर केसी, पवित्रा केसी, लेप्चाङ लामा,, कान्छा परियार, डोल्मा छिरिङ शेर्पा,कमला थकाली, इन म्याक्सु जहाजमा सवार थिए ।

पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन हुनुअघि पाइलटले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा फेरि भेटौंला, गुड डे भनेको रेकर्ड छ । बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग अन्तिम कुराकानी गरेपछि सम्पर्कबिहीन भएको थियो।
पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताएका छन् ।
त्यसपछि जोमसोम टावरसँग पनि कुनै कुराकानी नभएको जोमसोम विमानस्थलका प्रमुख सूर्य खत्रीले बताएका छन् ।
पौडेलका अनुसार पोखरा टावरसाग ८ बजे अन्तिम सम्पर्क भएको थियो ।विमान गत सेप्टेम्बरमा मात्रै खरीद गरिएको थियो ।

बुधबार विहान ७ बजेर ५७ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटमा सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका ३ सदस्य र दुर्इ बालबालिका सहित २३ यात्रु थिए ।

प्रतिक्रिया