अनेरास्ववियूको अध्यक्षमा नविना लामा निर्वाचित

अनेरास्ववियूको अध्यक्षमा नविना लामा निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० फाल्गुन २०७२
  • 12.5K
    Shares

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् ।
अध्यक्षका अर्का प्रत्यासी दिपक गौतमलाई हराउँदै अखिल इतिहासमा रामकुमारी झाँक्रीपछि उनी उनी दोस्रो अध्यक्ष भइन् । आइतबार अबेर सम्पन्न केन्द्रीय गणनाअनुसार लामाले ८६५ मत ल्याइन् भने अर्का प्रत्यासी गौतमले ६४९ मत पाए। उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा विजयी भए ।
महासचिवमा ऐन महर विजयी भए भने सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भए । कोषाध्यक्षमा झपिन्द्र खत्री निर्वाचित भए । निर्वाचन आयोगमा तुलसी मैनाली, अनुशासन आयोगमा निशा अधिकारी र लेखा आयोगमा धमेन्द्र रोकाय निर्वाचित भए ।
बाइसौँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना एमाले पार्टी कार्यालय धुम्रवाराहीमा शुक्रबारदेखि भएको थियो । यसअघि विवादका कारण निर्धारित तालिकाभन्दा ढिला गरि निर्वाचन प्रक्रिया ढिलाई भएको थियो ।

प्रतिक्रिया