टर्कीको इस्तान्बुलमा यूरोपा लिगको खेल भइरहेको थियो । खेल हारेपछि मस्कोका मिडफिल्डर दिमित्री तारासोभले रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको फोटोवाला टी सर्ट लाएपछि तनाव भएको छ ।
टर्कीमा बुधवार भएको युरोपा लिगको खेल हारेपछि एक रसियन फुटबलरले आफ्नो जर्सी उतारेर भित्र लगाएको राष्ट्रपति भ्लादिमिर पुटनको फोटोवाला टी-सर्ट देखाएका थिए । त्यसपछि स्टेडियममै टर्कीका फ्यानले ढुंगा बर्साउन थाले । गत नोभेम्बरमा टर्कीले सिरियाली सीमानामा रसियन फाइटर प्लेनलाई गोली हानेर खसाएपछि यी दुई देशबीचको तनाव चुलिएको छ ।
समाचार अनुसार इस्तान्बुलमा यूरोपा लिगको खेल भएको थियो । राउन्ड अफ-३२ को भिडन्तमा लोकोमोटिभ मस्को र टर्कीको फेनेरब्याक आमाने सामने भएका थिए । यो खेलमा रसियन टिम टर्कीको टिमसँग दुई शून्यले पराजित भएको थियो ।
खेलमा पराजित भएपछि मस्कोका मिडफिल्डर दिमित्री तारासोभले आफ्नो उत्तेजना नियन्त्रण गर्न सकेनन् । उनले आफ्नो जर्सी खोले अनि भित्र रहेको राष्ट्रपति पुटिनको फोटोवाला टी-सर्ट देखाए ।
उनको टी-सर्टमा लेखिएको थियो, ‘द मोस्ट पोलाइट प्रेसिडेन्ट’। त्यसपछि इस्तान्बुलको सुकुरू स्टेडियममा तनावको माहोल देखिन पुग्यो ।
टर्कीका फ्यानहरुले मैदानमै ढुंगा बर्साउन थाले ।अन्तिममा पुलिसले हस्तक्षेप गरेर अवस्थालाई नियन्त्रण लियो ।टर्की र रसियाबीचको शीतयुद्ध अब फुटबल मैदानसम्म पनि पुगेको हो ।
यो घटनापछि युरोपेली फुटबल महासंघले खेलका क्रममा मैदानमा राजनीतिक प्रतिक्रिया जायज नभएको बताएको छ । त्यही कारण यो मामिलालाई उसले कारबाहीको दायरामा ल्याउने भएको छ ।
अर्कातर्फ फुटबलरले आफ्नो बचाउ गर्दै भने, ‘पुटिन हाम्रा राष्ट्रपति हुन्, उनलाई समर्थन गर्न मलाई पुरा हक छ ।’
दुबै देशबीच बढेको तनावपछि दुबै देशका फुटबल टिमले आफूहरुलाई अलग अलग समूहमा राख्न माग गरेका थिए ।
तर युएफाले युरोपा लिगमा मात्रै होइन च्याम्पियन्स लिगको ड्रमा पनि रूस र टर्कीका टिमलाई अलग अलग समूहमा राख्न अस्वीकार गरेको छ । मिडफिल्डर दिमित्री तारासोभको टी-सर्टमा बनाइएको फोटोमा पुटिन एक नेभी क्यापमा देखिएका छन् ।
यसमा लेखिएको ‘द मोस्ट पोलाइट प्रेसिडेन्ट’ को अर्थ मार्च २०१४ को त्यो घटनालाई याद दिलाउँछ, जब रसियन आर्मीले युक्रेनको क्रिमियालाई कब्जा गर्न सफल भएको थियो ।
यस घटनामा संलग्न रसियन आर्मीका जवानलाई पोलाइट पिपुल र र लिटिल ग्रीन म्यान भनिन्थ्यो ।
रूस र टर्कीबीच सिरियालाई लिएर दोहोरी चलिरहेको छ । टर्कीलाई अमेरिका र फ्रान्सको साथ रहेको छ। उता रूस आफैं आईएसआईएसमाथि हमला गरिरहेको छ। रसियाले अर्कातिर सिरियाका राष्ट्रपति बसार अल असदलाई बलियो साथ दिइरहेको छ ।
गत २४ नोमेभ्बरमा रूसक फाइटर प्लेनलाई टर्कीको सेनाले निशाना साँधेर खसालिदिएको थियो । यो हमलामा एक रूसी पाइलटको ज्यान गएको थियो भने अर्का प्यारासुटको सहारामा हामफालेर बाचेका थिए ।
भ्लादिमिर पुटिनले आफ्नो लडाकू जहाज खसाउनु पछाडिबाट छुरा हान्नु जस्तै रहेको कडा प्रतिक्रिया दिएका थिए । टर्कीको यो हमलालाई रसियाले ‘आतंकवादीका साथी’ हरुले गरेको भन्दै ब्यंग्य गरेको थियो ।