रोनाल्डोले बुद्धको टाउकोको प्रतीमालाई कुल्चेपछि विबादमा

रोनाल्डोले बुद्धको टाउकोको प्रतीमालाई कुल्चेपछि विबादमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ कार्तिक २०७३
  • 14.4K
    Shares

बुद्धको टाउकोको प्रतीमालाई कुल्चदै चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो

चर्चित फुटबल खेलाडी तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बुद्धको टाउकोको प्रतीमालाई कुल्चेपछि उनी विबादमा तानिएका छन् । सामाजिक सञ्जाल, इन्स्टाग्राम र फेसबुकमा बुद्धको प्रतीमासँगको आफ्नो तस्बिर पोस्ट गरेपछि रोनाल्डो विवादमा तानिएका हुन् ।

बुद्ध धर्मका पथ पर्दशक तथा एशियाकै तारा गौतम बुद्धको मुर्तीलाई रोनाल्डोले दायाँ खुट्टाले
कुच्चने सम्मको तुच्छ हर्कत गरेका तस्विरहरु सामाजिक  संजाल  सार्वजनिक भएसँगै उनको आलोचना सुरु भएको छ ।

फुटबलका चर्चित यि हस्तिले गरेको यो कामले बुद्ध र बौद्धधर्मावलम्बीको अपमान गरेको भन्दै रोनाल्डोको नेपालमा मात्रै नभई विश्वभर आलोचना भइरहेको छ । यसले बौद्धमार्गीको आस्थामा ठेस पुगेको भन्दै रियल म्याड्रिडका महंगा स्ट्राइकरविरूद्ध चौतर्फी विरोध सुरु भएको छ। उनको यो फोटोलाई मन पराउने १२ हजार छन्। जसमा नेपालका शुभम पाण्डेले आफ्नो असन्तुष्टी व्यक्त गर्दै लेखेका छन्– ‘यो अनादार हो… कसरी उनले गौतम बुद्धकोमा खुट्टा राख्न सक्छन….रोनाल्डोबाट मैले यस्तो मुख्र्याइँको अपेक्षा गरेको थिइन….सर तपाईले आज आफ्नो एउटा समर्थक गुमाउनु भएको छ। यो दुःखद छ।’

प्रतिक्रिया