प्रेम दिवसमा कसले दियो अभिनेत्री रेखालाई यो गिफ्ट ?

प्रेम दिवसमा कसले दियो अभिनेत्री रेखालाई यो गिफ्ट ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ फाल्गुन २०७२
  • 15.4K
    Shares

अभिनेत्री रेखा थापाको गेटमा कुनै अपरिचित ब्यक्तिले म्यालेन्टाइन गिफ्ट फुल छोडेर गएपछि उनी चकित परेकी छिन् । भ्यालेन्टाइ डेको दिन आज मोटरसाइकलमा आएका एक ब्यक्तिले फुल र रामप्यारीको पोष्टर रेखालाई छोडेर गएका छन् । उनी बस्दै आएको अम्बे अपार्टमेन्टको गेटमा फुलको गुच्चा छोडिएको रेखाले बताएकी छिन् ।

‘ति ब्यक्ति को होलान’ रेखाले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ‘गिफ्टसँग फुलको गुच्चा र रामप्यारी चलचित्रको पोष्टर छोड्ने को होलान ?, मैले चिन्न सकेकी छैन ।’ उनले आफनो जन्मदिनमा पनि यसैगरी कसैले गिफ्ट छोडेर गएको तर आफुले चिन्न नसकेको बताएकी छिन् । आजपनि अपरिचित मित्रले गेटमा छोडेका फुलका गुच्चाहरु उनले फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया