नेइमारलाई समर्थकले मैदानमै लडाए (भिडियोसहित)

नेइमारलाई समर्थकले मैदानमै लडाए (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० भाद्र २०७३
  • 16.1K
    Shares

ब्राजिलियन फुटबलका स्टार नेइमारलाई उनका समर्थकले मैदानमा लडाएका छन् । विश्वकप छनौट खेलको तयारीमा रहेका नेइमारलाई प्रशिक्षणको क्रममा मैदानमा आएका समर्थकले खुसी हुँदै अङ्गालो मारेका हुन् । धेरै जना समर्थकले एकैपटक नेइमारलाई घेरेपछि उनी मैदानमै लडे ।

सुरक्षाका लागि खटिएका गार्डले नेइमारलाई भेट्न गएका समर्थकको हुललाई रोक्न खोजेपनि सकेनन् । नेइमार भने समर्थकहरुको व्यवहार देखेर हाँसिरहेका थिए ।
नेइमारले अभ्यास गरिरहेको रंगशालामा १५ हजार दर्शक उपस्थित थिए । केही समर्थकले मैदानमै गएर नेइमारलाई अङ्गालो मारेर लडाएपछि सुरक्षाकर्मीले उनीहरुलाई छुट्याउन खोजेका थिए ।

विश्व फुटबलप्रेमीहरुमाझ प्रिय नेइमार ब्राजिल फुटबल समर्थकमाझ अझै प्रिय छन् । उनका हरेक क्रियाकलाप समर्थकहरुले पछ्याइरहेका हुन्छन् । विश्वकप छनौट अन्तर्गत शुक्रबार बिहान भएको इक्वेडरविरुद्धको खेलमा नेइमारले एक गोल गरेका थिए । विश्वकप छनौट अन्तर्गत नै बुधबार बिहान ब्राजिलले कोलम्बियासँग खेल्नेछ ।

प्रतिक्रिया