भैरहवा एयरपोर्टको रन-वेमा विमानसँग स्याल ठोक्कियो

भैरहवा एयरपोर्टको रन-वेमा विमानसँग स्याल ठोक्कियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ भाद्र २०७३
  • 12.9K
    Shares

भैरहवा विमानस्थलमा बुद्ध एयरको विमान अवतरणको क्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ । चालक भगवान थापाले सुझबुझपूर्ण रुपमा अवतरण पुरा गराएका थिए । रन-वेमा आएको स्याल बिमानसँग ठोक्किँदा किचिएर मरेको छ । ५ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको विमानमा अवतरण गर्दागर्दै रन-वेमा स्यालसँग ठोक्किएको हो । अपरान्ह ५.४५ बजे भएको घटनामा सौभाग्यवस कुनै मानवीय क्षति भएन ।

४५ जना यात्रु लिएर भैरहवा पुगेको विमानमा पनि कुनै क्षति नपुगेको कम्पनीले बुद्ध एयरले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल वरपरका झाडी सफा नगर्दा भैरहवा विमानस्थलमा यस्ता जंगली जनावर र पंक्षी रन-वे वरपर आउने क्रम बढेको छ ।

सावधानी नअपनाए ठूलो दुर्घटना हुन सक्ने भन्दै एयरलाइन्सहरुले विमानस्थल प्रशासनसँग वरपरको झाडी हटाएर सफाइ गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया