बिनय खड्का
म्याग्दी जिल्लाको मंगला गाउपालिका वडा न.१ र २मा शुक्रबार र शनिबार बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न कमिटी गठन गरेको छ ।
देशब्यापि अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले म्याग्दीमा पनि उक्त संगठन बिस्तार तथा सुदृढिकरण अभियानलाई तीब्र गतिमा अगाडि बढायको हो । 
शक्रबार मंगला गाउँपालिका २न.वडा को र्यालेखोरमा रहेको त्रिभुवन मंगला मा.बि. मा २० सदस्य बिद्यार्थी कमिति गठन गरि १न .वडामा रहेको खुम्लियामा पनि दलित संगठन र महिला संगठन निर्माण गरेको छ ।साथै शनिबार पाखापानीमा मगर संगठन पनि बिस्तार गरेको उक्त पार्टी निकट स्रोतले जनाएको छ ।