जनकपुरधाम उपमहानगरपालिका १४ गुजलियामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार एक पुरुषको मृत्यु भएको छ ।
ढल्केबरबाट जनकपुर आउँदै गरेको ज १ त ११३ नम्बरको ट्याक्टरले ज ९ प ६१३३ नं.को स्कुटिलाई ठक्कर दिँदा जनकपुर १० बस्ने ३० वर्षीय संजिव नायकको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर बनेका नायकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।