नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा !

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा !


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ असोज २०७५
  • 10.6K
    Shares

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ।

पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्।

संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए।

त्यसको जवाफमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने, म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ भनेको सुनियो । म फर्केर गइहाल्छु, त्यो समस्याको कुरा होइन।’

घोचपेचको यही शृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि जोडिए। उनले नेता नेपाललाई लक्षित गर्दै ट्विट गरे, ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ।’

रिमालको ट्विट संसद्मा नेता नेपालले सरकारको कामलाई लिएर गरेको आलोचनातर्फ लक्षित थियो। नेता नेपालले सरकारको कामका बारेमा गरेको आलोचनालाई प्रतिपक्षीले समेत समर्थन जनाएका थिए।

प्रतिक्रिया