वलात्कार गरेको आरोपमा प्रहरीका असईसहित दुई जना निलम्बित

वलात्कार गरेको आरोपमा प्रहरीका असईसहित दुई जना निलम्बित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ असोज २०७५
  • 15.8K
    Shares

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा संखुवासभामा कार्यरत दुई प्रहरीलाई निलम्बन गरिएको छ। निलम्बन पर्नेमा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र प्रहरी जवान मिक्मा शेर्पा रहेका छन्।

पीडित किशोरीले आफुलाई प्रहरी जवान शेर्पाले जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभामा जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछो सुनसरी दुहबी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभामा कार्यरत प्रहरी जवान शेर्पा पक्राउ परेका छन्।

शेर्पालाई जिल्ला अदालत चैनपुरबाट असोज ९ मा जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए।

त्यस्तै, इलाका प्रहरी कार्यालय आँखीभुइँमा कार्यरत प्रहरी सहायक निरीक्षक खतिवडा एक महिना अघि निलम्बन परेका छन्। उनी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा निलम्बनमा परेका हुन्। खतिवडा जिल्ला अदालत चैनपुरको आदेशमा मंगलबार ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

प्रतिक्रिया