काठमाडौंको कमलपोखरीस्थित जनता बैंकको लिफ्टमा एउटा बेवारिसे शव भेटिएको छ । लिफ्टमा साँझ एक पुरुष व्यक्तिको शव फेला परेको महानगरीय अनुसन्धान महाशाखाले जनाएको छ । अनुसन्धानका लागि महाशाखाको टोली घटनास्थलमा पुगेको छ ।
मृतकको परिचय नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए । ति व्यक्तिको लिफ्टमै कुनै कारण निधन भएको हो वा हत्या भएको भन्नेबारे प्रहरीले केही खुलाएको छैन । प्रहरीले शवबारे अनुसन्धान सुरु भएको जनाएको छ ।