नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल गिरफ्तार

नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ भाद्र २०७५
  • 18.4K
    Shares

उमा भुजेल

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’लाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाकी पोलिटब्यूरो सदस्य समेत रहेकी भुजेललाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनलाई कहाँ लगिएको भन्नेबारे केही जानकारी छैन ।

संविधान सभा सदस्य समेत रहेकी भुजेल गोर्खा जेल ब्रेककी कमाण्डर हुन् । वार्ताको लागि भन्दै सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोल गठन गरेपनि सरकारले ने नेकपाका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

यसभन्दा अघि नेकपाका प्रबक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’लाई पक्राउ गरेको छ भने पोलिटब्युरो सदस्यहरु मोहन कार्की ‘जिवन्त’ , ओमप्रकाश पुन,  पदम राई र गम्भीरलाइ पनि प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको छ l

प्रतिक्रिया