तँछाड मछाड शेरहरु हुन खोज्दैनन् गजल
तैरिएका मेरा शब्दहरु उन्न खोज्दैनन् गजल ।
मुटुमा गाडिएको किलो मदानी झैं घुमिरा’छ
चाेटै चोटका खतहरु बुझ्न खोज्दैनन् गजल ।
नौनी बन्ने मेराे चाहना सट्टामा मैन भएकाे छु
ती पग्लिएका शिखाहरु बुन्न खोज्दैनन् गजल ।
कलम, कला, कथा र ब्यथा पाक्ने कसौंडिमा
फलामकाे खिचडीहरु हसुर्न खोज्दैनन् गजल ।
समुन्द्री छाल जस्तो उतार चढाब के गर्ने हाे र
सेती झैं गढेका रुपहरु फुल्न खाेज्दैनन् गजल ।