बाबुआमालाई चारवर्ष अघि आमरण अनसन बसालेर बेपत्ता नुरप्रसाद समातिए

बाबुआमालाई चारवर्ष अघि आमरण अनसन बसालेर बेपत्ता नुरप्रसाद समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० साउन २०७५
  • 26.3K
    Shares

बाबु-आमा गंगाप्रसाद-नन्दमाया अधिकारीलाई चार वर्ष अघि आमरण अनसन बसालेर बेपत्ता भएका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ l

महानगरीय प्रहरी अपराध महाशाखाले नुरप्रसाद अधिकारीलाई आइतबार ललितपुरको सानेपाबाट पक्राउ गरेको हो l

उनकी आमा गंगामायाले छोराको खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार, सम्पर्कविहिन गंगामायाका छोरा नुरप्रसादलाई कुनै मुद्धामा नभएर उनकै आमाको आग्रहमा नियन्त्रणमा लिइएको र उनलाई आमाकै जिम्मा लगाइने छ ।

सशस्त्र द्वन्द्वका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो। छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए ।

आमरण अनसनकै क्रममा बाबु गङ्गा प्रसादको मृत्यु भैसकेको छ भने हत्यामा संलाग्बा रहेको आरोप लागेका व्यक्तिले अदालतसमक्ष आत्मसमर्पण गरेपछि गंगामायाले करीब चार बर्ष लामो आफ्नो आमरण अनसन फिर्ता लिएकी छिन l  उनलाई बर्तमान ओली सरकारले एक करोड रुपियाँ क्षतिपुर्ति समेत उपलब्ध गराएको छ l

प्रतिक्रिया