नेपाली दलालले नै पुर्‍याउँछन् दिल्लीमा नेपाली युवती

नेपाली दलालले नै पुर्‍याउँछन् दिल्लीमा नेपाली युवती


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० साउन २०७५
  • 9.7K
    Shares

नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान रोक लगाएको छ ।

उद्धार गरिएका मध्ये सबैजसोले तेस्रो देश जान नेपाली दलालले दिल्ली पु-याएको बयान दिएका छन् ।

उनीहरू सुनौली, नेपालगन्जस्थित सीमाबाट दिल्ली पुगेका थिए । ‘एक हप्ताकै बीचमा ७१ जना नेपाली युवती दिल्लीमा फेला पर्नुको कारण देशभित्रै खोज्नुपर्छ, हाम्रो सीमा प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने अवस्था देखियो,’ नेपाली दूतावासका प्रवक्ता ओडारीले भने ।

पछिल्ला २ वर्षमा वनारसबाट सयौँ नेपाली महिला साउदी लगिएका छन् ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया