नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिए

नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ साउन २०७५
  • 25K
    Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । उनले गत शनिबारको केन्द्रिय सचिवालय बैठकमा उनले राजिनामा दिएका हुन्, । उनले पार्टीका दुबै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजिनामा दिएका हुन्, ।

प्रधानमंत्री ओलीसँगको विवाद बढ्दै गएपछि श्रेष्ठले राजिनामा दिन बाध्य भएको बताइएको छ । विशेष स्राेतका अनुसार उनले गत शनिबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् ।

प्रवक्ता श्रेष्ठलेे पार्टी नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै श्रेष्ठसँग ओलीले मौखिक स्पष्टीकरण लिएका थिए । ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए ।

प्रचण्ड दाहालले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा काँग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको विशेष स्राेतले बतायाे ।

प्रतिक्रिया