सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।
अमेरिका र उत्तर कोरियाबीच नयाँ सम्बन्ध विस्तार भएसँगै त्यसले कोरियन प्रायद्वीपमा मात्रै नभई विश्वमा नै शान्ति स्थापनाका हुनेमा दुवै देशका नेता विश्वस्त भएको र त्यसलाई आत्मसात गरेर आपसी विश्वास बढाएमा कोरियन प्रायद्वीपको आणविक नि:शस्त्रीकरण अगाडि बढ्ने भएकाले राष्ट्रपति ट्रम्प र नेता किमबीच उल्लेखित बुँदाहरुमा सहमति भयो :
१. अमेरिका र उत्तर कोरियाले दुवै देशका जनताहरुको आकांक्षा अनुसार दुई देशको शान्ति तथा समृद्धीका लागि नयाँ आपसी सम्बन्ध विस्तार गर्ने।
अमेरिका–उत्तर कोरिया वार्ता यस प्रकारको इतिहासकै पहिलो भएको र यसले दशकौंदेखि दुई देशबीच चलिरहेको द्वन्द्व र शत्रुतालाई अन्त्य गर्दै सम्बन्धका नयाँ आयामहरु खोलेका कारण यस दुई पक्षीय सम्झौताका बुँदाहरु पालना गर्न राष्ट्रपति ट्रम्प र नेता किम पूर्ण रुपमा कटिबद्ध रहने छन्।
यस शिखर वार्ताका सम्झौताहरुलाई अगाडि बढाउनका लागि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता हुने र अमेरिकाको तर्फबाट सो वार्ताको नेतृत्व विदेशमन्त्री माइक पोम्पेओले गर्न र उत्तर कोरियाका तर्फबाट उपयुक्त उच्च अधिकारीले छिट्टै मिति तय गरेर वार्ता हुने छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन दुवै अमेरिका र उत्तर कोरियाबीचको नयाँ सम्बन्ध विस्तार गर्दै कोरियन प्रायद्वीपमा शान्ति, समृद्धी र सुरक्षित वातावरण स्थापनाका लागि कटिबद्ध रहने समझदारी भयो।
अमेरिकी राष्ट्रपति