बैंकमा जम्मा गर्नुपर्ने रकम लिएर ढकाल फरार

बैंकमा जम्मा गर्नुपर्ने रकम लिएर ढकाल फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ जेष्ठ २०७५
  • 65.9K
    Shares

बैंकमा जम्मा गर्नुपर्ने रकम लिएर चितवनको एक कम्पनीको एक जना कर्मचारी फरार भएको खबर छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको विश्वास एण्ड कम्पनीका कर्मचारी गैंडाकोट घर भएका अर्जुन ढकाल फरार भएका हुन् ।
विश्वास एण्ड कम्पनीका सञ्चालक उत्सव श्रेष्ठले दिएको जानकारी अनुसार कम्पनीमा मार्केटिङको काम गर्ने ढकालले आइतबार दिउँसो नारायणगढस्थित एसबीआई बैंकमा करीब २१ लाख रुपियाँ रकम जम्मा गर्न भनी गएका थिए । तर उनी त्यतिबाट टाप कसेपछि कम्पनीले उनलाई खोजी गरिदिन भन्दै प्रहरीमा उजुरी गरेको छ ।
बैंकमा जम्मा गर्न भनी लगेको रकम लिएर फरार ढकालको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया